back

भूकम्पपीडितका नाममा एक हजार ३९५ ट्याक्सी दर्ता

वि.सं.२०७४ मंसिर २७ बुधवार

390 

shares
IME Limited
NTC AD

taxi nepal

२७ मंसिर, काठमाडौँ । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ ।

यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको थियो । विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको छ ।

भूकम्पपीडितको सूचीमा रही मृत्यु भएकाले वडा कार्यालयको सिफारिस ल्याए परिवारका अर्को सदस्यको नाममा ट्याक्सी ल्याउन सकिने यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी वाग्मती, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।

सूचना नपाएका, मंसिर मसान्तसम्मको म्याद थाहा नपाएका, स्रोत जुटाउन नसकेका र विदेश रहेकाले अहिलेसम्म ट्याक्सी नल्याएको हुनसक्ने उहाँको भनाइ छ ।

“भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन्” – कार्यालय प्रमुख अधिकारीले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप एक हजार ५०० ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो ।

असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०२:३८ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा छुट

काठमाडैँ । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा...

राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...