back

दिपक र इन्दिरा ‘चुम्लुङ्ग नाइट’ अमेरिकामा सम्मानित

वि.सं.२०७४ मंसिर २७ बुधवार

534 

shares
IME Limited
NTC AD

indiraन्युयोर्क । किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले न्युयोर्क कुवीन्स बोरोको गुलसन टेरास पार्टी हलमा आयोजना गरेको ‘चुम्लुङ्ग नाइट’ मा प्रथम नेपाली तारा दिपक लिम्बुले आफ्नो एकल कार्यक्रम सम्पन्न गरेका छन् । चुम्लुङ्ग अमेरिकाले आयोजना गरेको यस पहिलो कन्सर्टमा कार्यक्रम हल, दर्सक स्रोताले भरिपूर्ण थियो ।

भर्सटाइल गायक दिपक लिम्बुले दर्शकलाई भर मग्दुर मनोरंजन दिलाउन सफल भए । गीत मात्र नभएर आधुनिक आइटम नृत्यहरुको प्रस्तुति पनि बेजोड थियो जसकारण दर्शकहरु सिठ्ठी फुक्दै वोन्स मोर, वोन्स मोर भन्दै कार्यक्रमलाई थप उत्साहित बनाएका थिए ।

उक्त कार्यक्रममा चुम्लुङ्ग अमेरिकाले गायक दिपक लिम्बु तथा ‘अर्को जन्म’ एल्बमका गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङ्गलाई कदर पत्र सहित सम्मान गरेको छ । चुम्लुङ्ग अध्यक्ष दिपेश चबेगु लिम्बुले आफ्ना समुदायमा भएका श्रष्टाहरुलाई सक्दो प्रोत्साहन दिने हेतुले यस्ता कार्यक्रम आगामी दिनमा निरन्तरता दिने बताए । शिक्षाका लागि संगीत नाम दिइएको चुम्लुङ्ग नाइट उठेको केहि रकम इलाम जिल्लाको चुलाचुली स्कूलमा सहयोग गर्ने जानकारी गराएका छन् ।

dipak-limbu
गीतकार तथा ‘अर्को जन्म’ एल्बमका निर्मात्री इन्दिरा चेम्जोङ्ग धनकुटा जिल्ला, चौबिसे राजारानी की हुन् । २००५ सालदेखि न्युयोर्कमा बस्दै आएकी चेम्जोङ्गले एकल रुपमा ‘अर्को जन्म’ एल्बम केहि महिना अगाडी अप्रिल १६, २०१७ मा न्यु योर्कमा बिमोचन गरेकी थिइन् । यस एल्बममा उनको गीत भर्सटाइल गायक दिपक लिम्बु लगायत अन्य चर्चित गायकहरुले पनि साथ दिएका छन् । उक्त एल्बममा भएको एउटा लिम्बु भाषाको गीत अमेरिकामा छायांकन गरिएको पहिलो भिडियो गीत भनि इन्दिरा चेम्जोङ्ग बताउछिन् ।
इन्दिरा चेम्जोङ्ग, किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका (२०११–२०१५) निवर्तमान उपाध्यक्ष पनि हुन् । आफ्नो समुदायको सेवासंगै महिला सशक्तिकरण अभियानमा न्यूयोर्कको ‘अधिकार’ संस्थामा समेत आवद्द छन् । प्रवास अमेरिकामा रहेर पनि सामाजिक कार्यमा सधै अग्रणी हुने उनी मानवताको लागि गरिने यस समाजसेवाप्रति आफुलाई सन्तोष प्राप्त हुने बताउछिन । उनै प्रतिभाशाली कलाकार इन्दिरा चेम्जोङ्गले साहित्य, संगीतसंग जोडिएको गीतकार विधामा ‘अर्को जन्म’ एल्बम मार्फत आफ्नो नाम लेखाउन सफल भएकी छिन  ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०२:५३ मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...