back
CTIZAN AD

माछापुच्छ्रे बैंकद्धारा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

वि.सं.२०७४ पुस २ आइतवार

885 

shares

baink२ पुस, काठमाडौं । माछापुच्छ्रे बैैंक लिमिटेडले अस्पताल म्याग्दी, बेनीलाई मेडिकल उपकरण हस्तान्तरण गरेको हो ।
बैंकले आँखा, नाक, कान, बालचिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी रु १,१९,००० बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण गरेको हो ।
उक्त उपकरण जिल्ला समन्वय समिती संयोजक श्री देबेन्द्र बहादुर केसी बेनी नगरपालिकाको मेयर श्री हरि कुमार श्रेष्ठ र बैंकका शाखाप्रबन्धक श्री श्रीधर ढुङ्गानाले संयुक्त रुपमा म्याग्दी जिल्ला अस्पताल व्यस्थापन समितीका अध्यक्ष श्री माधब रेग्मी र डा. अम्बालिका शाक्यलाई हस्तान्तरण गर्नु भएको हो ।
यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखाकार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।
बैकले  हिमाल, पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुविधा सुचारु गर्नका साथै देशभर ८४ वटा एटीएमहरु संचालन रहेको जनाएको छ ।

वि.सं.२०७४ पुस २ आइतवार ०६:३९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...