
मध्य पुसको चिसो विहानमा
आँगनमा राखेको चिसो पानीलाई
पर भिर कुनाको रातो माटोमा भिजाएर
छन छनी चुरा बजाउदै
चिसोले हात कठ्याउदै दैलो पोत्ने
मेरी आमा हुन् ।
बिहानै उठेर सुरु भएको
उनको रोर्बट रुपी दिनचर्या
मध्य रात सम्म यथावत रहन्छ ।
सन्तान अनि परिवारको खुसीको लागि
आफ्ना खुसीलाई तिलान्जली दिएर
जुवामा राखिने छालाको नारा सरि रेटिएर
भारीको भारले तालु खुईल्याएर
सधै भरि मायाका शब्द पोख्ने
मेरी आमा हुन् ।
साउने झरीमा उ तल खरबारीमा
घाँस काट्न जाँदा उदाईएकोे
धारिलो हसिँँयाले हातलाई
नमज्जासँग काट्दा पनि
कम्मरमा बाधिएको पटुकीको
एक टुक्राले हातले बाधेर
घाँस काट्ने तीनै मेरी आमा हुन् ।
उनी मेरी मात्रै आमा होईनन्
गोठमा बाधिएकी कैली गाईकी
पनि आमा हुन्
टाँढमा बाधिएकी त्यो काली
बाख्रीकी पनि आमा हुन् ।
अँगेनोमा आँगो नजल्दा
बाँसको ढुंग्रोले फु– फु गर्दै
आँखाबाट धरधरी आसुँ झार्दै
खाना पकाउने मेरी आमा हुन् ।
न त उनलाई प्रवाह छ
आँगोले डढाएको त्यो अनुहारको
न त उनलाई प्रवाह छ
चिसोले पटपटी फुटेका ती खुट्टाको
न त उनलाई प्रवाह छ
खरानीले भाँडा माझ्दा चर्केका
उनका कोमल हाँतको
उनलाई त केबल प्रवाह छ
परिवार अनि सन्तानको खुसीको
मात्र परिवार को खुसीको