back
CTIZAN AD

हुलाकका कर्मचारी बेपत्ता–खोजबिनका लागि आग्रह

वि.सं.२०७४ पुस ३ सोमवार

681 

shares

३ पुस,विराटनगर : विगत २३ दिनदेखि बेपत्ता भएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा कार्यरत कर्मचारी कुलबहादुर थापालाई खोजबिन गरिदिन हुन सम्बन्धित निकायलाई उहाँकी श्रीमतिले आग्रह गरेकी छन् ।

थापाकी श्रीमती रेवतकुमारी अधिकारी ९थापा०ले आज यहाँ पत्रकार सम्मेलन गरी कार्यालयको कामको सिलसिलामा यही मंसिर ६ गते उदयपुर र सप्तरी गएको थापा मंसिर ९ गते बिहानदेखि सुनसरीको भण्टाबारीबाट सम्पर्कविहीन हुनुभएको बताउनुभयो ।

भण्टाबारीस्थित नारायणी लजमा मंसिर ८ गते बसेकामा ९ गते बिहान ७ बजेदेखि सम्र्पकविहीन भएको भन्दै उहाँले सोको जानकारी सुनसरी र मोरङ प्रहरीलाई गराएको तथा खोजबिनका लागि सम्बन्धित कार्यालयमा आग्रह गरेको भएपनि हालसम्म उहाँ फेला नपारेको बताउनुभयो ।

श्रीमती थापाले सम्बन्धित कार्यालय र प्रहरीले खोजबिनमा तदारुकता नदेखाएको आरोपसमेत लगाउनुभयो ।

वि.सं.२०७४ पुस ३ सोमवार १३:१७ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...