back
CTIZAN AD

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७४ पुस ३ सोमवार

615 

shares

 ३ पुस,सुरुङ्गा, झापा  : झापाका छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी बिर्तामोड नगरपालिका–२ निवासी २६ वर्षीय वासुदेव अधिकारीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिम आउँदै गरेको मे ४ प २८१५ नंको मोटरसाइकलले पैदलयात्री भारत सीतामडीका १८ वर्षीय मोहमद नेबुलाई ठक्कर दिएको थियो ।

ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको कारले किच्दा मोटरसाइकल चालक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यता मोटरसाइकलको ठक्करबाट घाइते भएका नेबुको विर्तासिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यसैबीच, झापाको मेचीनगरस्थित मेची पुलमा आज दिउँसो भारतीय मालवाहक ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ निवासी १८ वर्षीय मनोज भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको एनएल ०५ बी ४०१३ नंको भारतीय मालवाहक ट्रकले सोही दिशातर्फ आइरहेको मे २ प १७८१ नंको मोटरसाइकलमा सवार भुजेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७४ पुस ३ सोमवार १३:२४ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...