Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

घूसको रकमसहित इन्जिनियर यादव पक्राउ



apradhi४ पुस, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिशबापत इन्जिनियर यादवले घूस माग गरेका थिए ।

कार्यालयमा घूस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भण्डारमा घूसबापत रु आठ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारका प्रहरी उपरीक्षक कृष्णसिंह थापाले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताका लागि जिल्ला प्राविधिक कार्यालय, सिरहाको सिफारिश माग गरेको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी लगिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.