Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना



army1

४ पुस, गौशाला ।  महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले बताएका छन् । त्यस्तै, सर्वसाधारणलाई नेपाली सेनाले तातो चियासमेत बाँडेको जनाइएको छ ।

नेपाली सेनाले जलेश्वरको दुर्गाचोक, शंकरचोक, बुद्धिजीवीचोक र खैराचोकमा दाउरा बालेर र चिया पिलाएर न्यानो बाँडेको गणका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्रीले बताउनुभयो ।

यसरी जिल्लामा विगत पाँचदिनदेखि शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेका बेला नेपाली सेनाले दाउरा बालिदिएपछि र चिया वितरण गरेपछि जिल्ला सदरमुकाम जलेश्वरको बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाको अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा