back

मेलबर्नमा भ्रष्टाचार विरुद्ध विषयमा अन्तकृया

वि.सं.२०७४ पुस ६ बिहीवार

291 

shares

jangamमेलबर्नस्थित कन्सुलेट कार्यालयको हाताभित्र १४ भाषामा अनुदित चर्चित पुस्तक कालो सूर्यू का लेखक एबं भ्रस्टाचार बिरुद्ध अभियानका अभियन्ता भरत जगमको प्रमुख आतिथ्यतामा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न भएको छ । प्रमुख अतिथिको रुपमा लेखक, पत्रकार एबं भ्रस्टाचार बिरुद्ध अभियानका अभियन्ता भरत जंगमले नेपालमा हुने भ्रस्टाचारको फेहरिस्त पेश गर्दै आफूले नेपालको गाउँ गाउँ घुमेपछि भ्रस्टाचार मूलतस् गाउँमा नभएर शहरमा केन्द्रित भएको र बौद्धिक क्षेत्रका ब्यक्तिहरु बढी भ्रस्ट भएको बताउनु भयो ।
राजा बीरेन्द्रको कार्यकालमा सचिब स्तरको मानिने राजदरवारको जाँचबुझ केन्द्रू को प्रसाशकको जिम्मेवारी पाएपछि राष्ट्रिय र नेपालभित्र रहेर काम गर्ने अन्तराष्ट्रिय निकायमा हुने भ्रस्टाचारका बिषयमा अझै गहिरो जानकारी प्राप्त गर्ने मौका मिलेको बताउनु भयो । कानूनहरुको माध्यमबाट हरेक देशमा भ्रस्टाचार कुनै न कुनै हदसम्म न्यूनिकरण गर्ने गरिए तापनि नियन्त्रण भने असंभब देखिएकोले यस बिषयमा शिक्षा दिइनुपर्ने महसूस गरी भ्रस्टाचार बिरोधी बिज्ञानको बिकासमा लागी एन्टी करप्टोलोजीलाई अस्तित्वमा ल्याउन सफल भएको बताउँदै यस्लाई अमेरिकाको वर्ल्ड लाइब्रेरी कङेस, भारत, वेलायत र नेपालमा दर्ता गर्न सफल भएको जानकारी दिनु भयो ।
२०५६ मा तात्कालिन प्रधानमन्त्री शेर बहादुरदेउवाले प्रतिनिधिसभाका भुतपूर्व साँसदले पेन्सन खाने ऐन र डा बाबुराम भट्टराईको कार्यकालमा भूपू राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश विरुद्ध आफूले सर्बोच्च अदालतमा दिएको रिटका पक्षमा सर्बोच्च अदालत भएका कारण देशको ढुकुटीमा बर्षेनी डेढ अर्ब रुपयाँ जोगिएको जानकारी जंगमले दिनु भयो । कार्यक्रमको सभापतिको रुपमा भिक्टोरियाको लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले भ्रस्टाचारको मारमा तल्लो स्तरका जनता परेकाले भ्रस्टाचार न्यूनिकरणका लागि नीति निर्माण गर्ने स्तरबाटै कामहुनुपर्ने बताउनु भयो । इमान्दारहरुलाई पुरस्कृत गरिने परिपाटीले पनि केही हदसम्म भ्रस्टाचारलाई निरुत्साहित गर्ने धारणा राख्नु भयो ।
लुम्बिनी, कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा विस्व साइकल यात्री पुस्कर शाहले बिशेष अतिथिको रुपमा मन्तब्य राख्नु भएको थियो भने अस्ट्रेलियन लेबर पार्टीका टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन पत्रकार बासुदेब मरहट्टाले गर्नु भएको थियो ।

वि.सं.२०७४ पुस ६ बिहीवार ०६:४९ मा प्रकाशित

GLOBAL IME AD
पोर्चुगलको पारदिल्होमा देउसी भैलो मनाउँदै नेपलिज कम्युनिटी स्थापना

पोर्चुगलको पारदिल्होमा देउसी भैलो मनाउँदै नेपलिज कम्युनिटी स्थापना

पोर्चुगल । पोर्तुगलको पारदिल्होमा नेपलिज कम्युनिटी स्थापना गरिएको छ ।...

अनेसास अफ्रिकाको अध्यक्षमा कृष्णदत्त भट्ट

अनेसास अफ्रिकाको अध्यक्षमा कृष्णदत्त भट्ट

नैरोबी,केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ...

युक्रा न्युयोर्कको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न

युक्रा न्युयोर्कको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न

अमेरिका । संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्टेटमा युनाटेड किरात राई...

अमेरिकामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा मनाइयो बलिहाङ तङ्नाम

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक...

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा चयन

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा चयन

काठमाडौं । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को...

एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि

एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि

  काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको...