Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

आइएमई इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटल बीच सम्झौता



ime६ पुस, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यपिटल लिमिटेड बीच हकप्रद सेयर जारी गेर्न सम्झौता भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड आश्विन १० गते सम्पन्न भएको २० औं बार्षिक साधारण सभाको निर्णयानुसार (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग संझौता पत्रमा पौष ३ गते हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेको एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिंदै संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ र त्यस पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु. १ अर्ब २ करोड ६ लाख पु¥याउने गरी पूंजी वृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी गराए ।

कम्म्पनीले ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै जाने प्रतिबद्धता जनाए

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु