back
CTIZAN AD

ढिकीजाँतो विदा गरी आधुनिक प्रविधिमा रमाउँदै भण्डारी दम्पती

वि.सं.२०७४ पुस ६ बिहीवार

777 

shares

bhandari ६ पुस,  पोखरा । विगतमा ढिकी जाँतोमा अनुभव गरेका पोखरा लेखनाथ महानगरपालिका–२१, बांँझीपोखरीका भण्डारी दम्पतीका लागि आधुनिक कुटानी पिसानी मेसिनको प्रयोग यतिखेर दैनिकी बनेको छ ।

सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको छ दशक यात्रा पार गर्नुभएकी उहाँकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी मेसिन आफ्ना लागि त सहज भएको छ नै छिमेकी पनि त्यसबाट लाभान्वित भएका छन् ।

चार छोरा र दुई छोरीका अभिभावक भण्डारी दम्पती छोरा छोरी सेवा, पेसा र व्यवसायका क्रममा घरभन्दा बाहिर रहेपनि बुढ्यौली जीवनलाई पनि क्रियाशील बनाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ ।

“शुरुमा त आफ्नै घरको लागि मात्र भनेर यो धान कुट्ने तथा मकै, कोदो पिस्ने मेसिन किनेका हौँ,” रविलालले भन्नुभयो “अहिले भने घर वरपरका छिमेकी पनि धान, मकै र कोदो लिएर आउने गरेका छन् ।”

विगतमा रातको २ बजेदेखि घरमा आवश्यक पर्ने चामल तथा पिठोका लागि ढिकीजाँतोको प्रयोग गर्ने गरेकी इन्द्रकलालाई आधुनिक मेसिनको प्रयोग गर्न पाउँदा अचम्म लागेको छ ।

“मेसिनको प्रयोग नहँुदासम्म घरमा नै कुटानी पिसानी गर्नुपर्ने बाध्यता थियो भने गाउँमा मेसिन आए पछि पनि बोकेर टाढाटाढा पु¥याउनु पथ्र्यो,” उहाँले भन्नुभयो, “अहिलेका पुस्ताका लागि भने हाम्रो देखाइ र भोगाइ एकादेशको कथा जस्तै भएको छ ।”

आधुनिक मेसिनले एक घण्टामा तीन मुरीसम्म धान कुट्ने गरेको बताउँदै उहाँले एक वर्षयता मेसिन ल्याएपछि गाउँका छिमेकी पनि धान मकै लिएर आउने गरेको उहाँले बताउनुभयो ।

चीनमा निर्मित सो मेसिन आवश्यकताअनुसार जता पनि सार्न सकिने बताउँदै भण्डारी दम्पतीले धान कुटेको प्रतिपाथी रु तीन एवं मकै र कोटो पिसेको प्रतिपाथी रु पाँच लिने गर्नुभएको छ ।

घरको नजिकै धन्सारमा राखिएको उक्त कुटानी पिसानी मेसिनबाट आर्थिकरुपमा फाइदा नभए पनि गाउँलेले समेत सुविधा पाएकोमा इन्द्रकला भने दंग पर्नुभएको छ ।

ढिकी जाँतोको विकल्पमा मेसिनको प्रयोग गरेका भण्डारी दम्पतीले घरमा खेतबारी जोत्नका लागि हाते ट्र्याक्टर पनि खरिद गर्नुभएको छ । हाते ट्र्याक्टरको प्रयोग भने उहाँको जेठो छोरा वसन्त भण्डारीले गर्दै आउनुभएको छ ।

पोखराको विरौटामा बाराही नर्सरी सञ्चालन गर्दै आउनु भएका भण्डारीका अनुसार उक्त ट्र्याक्टर जिल्ला कृषि विकास कार्यालयको रु ४० हजार अनुदानसहित रु एक लाख १० हजारमा खरिद गरिएको हो ।

वि.सं.२०७४ पुस ६ बिहीवार ०७:१५ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...