Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

लेट मि इन मिसेस व्यूटी क्वीन, नेपालका प्रतियोगी विच पत्रकार रवि लामिछाने



लेट मि इन मिसेस व्यूटी क्वीन  नेपालका सहभगीहरुलाई पत्रकारीता सम्बन्धी जानकारी दिर्दै पत्रकार रवि लामिछाने ।   सिजन मिडियाद्धारा आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी प्रतियोगीहरुलाई पत्रकार रवि लामिछानेद्धारा सिधाकुरा जनतासंग कार्यक्रमको वारेमा साथै समग्र पत्रकारीताको वारेमा आफ्नो विचार  प्रदान गर्नु हुदै ।

 

६ पौष, काठमाडौं । सिजन मिडियाद्धारा पहिलो चोटी आयोजना गरिएको विवाहीत महिलाहरुको कार्यक्रम “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका प्रतियोगीहरुका विच एक कार्यक्रममा पत्रकारीता तथा सम्ंवन्धि विभिन्न समसामयीक विषयहरुमा अन्तरक्रिया भएको थियो । प्रतियोगीहरुले पत्रकार रवि लामिछानेको जनतासंग सिधकुराको विषयमा विभिन्न प्रश्नहरु सोधेका थिए भने पत्रकार लामिछानेले उक्त प्रशनको उत्तरहरु दिनु भएको थियो साथै उनीहरुको क्षमता विकास तथा निडरपन कसरी वन्न सकिन्छ र कसरी क्यामरामा ढुक्क भएर कुराकानी गर्न सकिन्छ भर्ने विषयमा सिकाउनु भएको थियो ।

नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले बताउनु भयो । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, ¥याफ्टीङ,सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ । प्रतियोगिताका विजेताले लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल” को उपाधी सहित रु १ लाख ७५ हजार वरावरको टिभिएस स्कुटर , लेट मि इन को तर्फवाट १ लाख ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिनेछ र ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार वरावरको लाभा मोवाइल फोन साथै लेट मि इन को तर्फवाट १ लाख र ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिनेछ साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिनेछ ।

लेट मि इन मिसेस व्यूटी क्वीन  नेपालका सहभगीहरुलाई पत्रकारीता सम्बन्धी जानकारी दिर्दै पत्रकार रवि लामिछाने ।   सिजन मिडियाद्धारा आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी प्रतियोगीहरुलाई पत्रकार रवि लामिछानेद्धारा सिधाकुरा जनतासंग कार्यक्रमको वारेमा साथै समग्र पत्रकारीताको वारेमा आफ्नो विचार  प्रदान गर्नु हुदै ।

beauty


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.