back

काठमाडौँको सडक विस्तार जनभावना अनुसार गर्न नवनिर्वाचित सभासदहरुको जोड

वि.सं.२०७४ पुस ८ शनिवार

333 

shares

८ पुस, काठमाडौँ : काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यले जनताका लागि विकास भएकाले सडक विस्तार गर्दा जनभावनाको कदर हुनुपर्नेमा जोड दिनुभएको छ ।

जोरपाटी–सुन्दरीजल सडक विस्तार संघर्ष समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद कृष्ण राईले स्थानीय तहमा हुने विकास निर्माण एवं समस्याको समाधान स्थानीय सरकारबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीयस्तरका काम स्थानीय सरकारबाटै गर्ने गरी कानून निर्माण भइरहेकाले त्यसैअनुसार गर्न सांसदका नाताले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामाले भत्काएर मात्र विकास निर्माण नहुने भएकाले उचित क्षतिपूर्ति एवं मुआब्जा दिएर काम अघि बढाइनुपर्ने विचार राख्नुभयो ।

क्षेत्र नं ३ प्रदेशसभा (ख) का सांसद रामेश्वर फुयाँलले विकासका लागि सहयोग गर्न सबै तयार भए पनि सडक दायाँबायाँका घरलाई उचित क्षतिपूर्ति दिनेगरी समस्या समाधान गर्न माग गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सर्वोच्च अदालतले पनि उचित क्षतिपूर्ति दिएर सडक विस्तारको काम अगाडि बढाउन आदेश दिएकाले त्यसैअनुरुप काम हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, संघर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ, सचिव सुशील सिंखडालगायतले सडक विस्तारका नाममा जनता आतंकित नबनाउन अनुरोध गर्नुभयो ।

राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माणस्थल गोकर्णमा आज आयोजित कार्यक्रममा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सांसदलाई बधाई तथा शुभकामना दिइएको थियो ।

वि.सं.२०७४ पुस ८ शनिवार १३:३७ मा प्रकाशित

फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

पेरिस। फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना...

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि...

पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै

क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक...

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार...

दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

दुर्घटनामा एकको मृत्यु, २४ यात्रु घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा एक जनाको...