back
CTIZAN AD

अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड

वि.सं.२०७४ पुस ८ शनिवार

666 

shares

prachanda

८ पुस, बुटवल : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताउनुभएको छ । उहाँले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताउनुभयो ।

नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनलाई आज भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डो¥याउन सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ, मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन्छ ।”

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताउनुभयो ।

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाको भूमिका थप बढेको बताउँदै देशलाई समृद्ध बनाउन युवालाई अहम् भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीलगायतले बोल्नुभएको थियो । आजदेखि शुरु भएको जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।

वि.सं.२०७४ पुस ८ शनिवार १४:०८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...