back
CTIZAN AD

युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण

वि.सं.२०७४ पुस ९ आइतवार

753 

shares

unicef९ पुस, गोरखा। भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ ।

युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका–१२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै रु ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताउनुभयो । यी स्वास्थ्यचौकी छ कोठाका छन् ।

शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । भवन बनेपछि अस्थायी टहरोमा बिरामी राखेर उपचार गर्नु पर्दैन भने बर्थिङ सेण्टर सञ्चालनमा आएपछि प्रसुति गराउन सजिलो भएको छ ।

युनिसेफले गोरखामा १२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म सात वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ । सडक सुविधा नपुगेको गुम्दाको माछाखोला स्वास्थ्यचौकी भवन पुनःनिर्माणमा भने सामान ढुवानीमा ढिलाइ हुँदा पुनःनिर्माण शुरु भएको छैन ।

वि.सं.२०७४ पुस ९ आइतवार ०६:१२ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...