back
CTIZAN AD

यी हुन् सन् २०१७ मा प्रकाशित उत्कृष्ट १० पुस्तक

वि.सं.२०७४ पुस ९ आइतवार

888 

shares

९ मंसिर, एजेन्सी । हामी सन् २०१७ को अन्तिममा आईपुगेका छौँ । अब ५ दिनमा नै हामीले यो वर्षलाई विदाई गर्दै २०१८ लाई स्वागत गर्दै छौँ । आज हामीले सन् २०१७ मा प्रकाशित उत्कृष्ट १० पुस्तकको बारेमा चर्चा गर्दै छौ । पुस्तकले पाएको पाठक प्रतिक्रिया, विक्री लगायतका सुचकांकको आधारमा उत्कृष्ट बन्न सफल यी हुन् पुस्तकहरु ः

१०. ईम्प्रुभमेन्ट
अमेरिकी लेखिका जोन सिल्वरद्वारा लिखित यस पुस्तकमा किकि नाम गरेको एक महिलाको कथा समावेश छ । कथाकी प्रमूख पात्र किकि सन् १९७० मा टर्कीको राजधानी इस्तानाबुल पुग्छिन् त्यसपछि उनले त्यहा कार्पेट बेच्ने पुरुषसँग बिहे गर्छिन् । त्यसपछि उनी उनका श्रीमानको गाँउ पुग्छिन् । त्यसपछि उनका संघर्ष र सफलताको कथामा उपन्यास घुमेको छ । उपन्यासले महिला शसक्तीकरणको बारेमा बेजोड सन्देश दिन खोजेको छ ।

1
९. पाचिंको
कोरियामा जन्मेकी अमेरिकी लेखिका मिन जिन ली को प्याचिंकोप्याचिंको नामक पुस्तकले यस वर्षमा निकै चर्चा पायो । यसमा कोरियन परिवारको चार पुस्ताको वर्णन गरिएको छ । कथा एक जना बुढो माझी र उसकी श्रीमतीबाट सुरु हुन्छ । उसको एक जना अपांग छोरा हुन्छ यस्तै माझीकी किशोरी छोरी एकजना पर्यटकको गर्भ बोकेकी हुन्छे । पछि उसलाई एक जना पुजारीले बिहे गर्छ र ओसाका सहर लैजान्छ । पुजारीको छिट्टै मृत्यु हुन्छ । श्रीमानको मृत्यु अनि देशमा चलिरहेको युद्धले उक्त महिलाको जीवनमा आपद आईपर्छ । त्यहि पनि उ निरन्तर रुपमा लागि पर्छे र सफलता हात पार्छे ।

2
८.  अ काईन्ड अफ फ्रिडम
अर्की महिला लेखिका मार्गारेट विल्र्कसन सेक्सटनको पहिलो उपन्यास अ काईन्ड अफ फ्रिडम निकै चर्चामा आएको पुस्तक हो । उपन्यास एक जना महिलाको कथामा आधारित छ ।

3
७.   लिंकन एण्ड दि बार्डो
अमेरिकन लेखक जर्ज साउन्र्डस दवारा लिखित यस पुस्तक निकै चर्चामा छ । पुस्तकमा अमेरिकन भुत पुर्व राष्ट्रपतिका ११ वर्षिय छोराको पखालाको कारण भएको मृत्यु पछिको विषयलाई समावेश गरिएको छ ।

4

६. फ्युचर होम अफ दि लिभिङ गड

अमेरिकन लेखक लुईस एर्डरिचद्वारा लिखित यस पुस्तक न्यायको बारेमा लेखिएको छ ।

5

५.  डिफिकल्ट वुमन

बहुचर्चित अमेरिकन लेखक तथा प्रोफेसर रक्सन गेद्वारा लिखित यस पुस्तकमा यौन मनोविज्ञानको विषयलाई भिन्न २१ भाग समावेश गरिएको यस पुस्तकले सन् २०१७ मा धेरै अवार्ड हासिल गरेको छ ।

6

४.  यु डन्ट ह्याभ टु से यू लभ मि

अमेरिकन लेखक शेर्मन एलेक्सि द्वारा लिखित यस पुस्तकमा साल्मन नामक पात्रको भौतिक तथा अध्यात्मिक चरित्रको बारेमा उल्लेख गरिएको छ ।

7

३ .  हेएर ईन बर्लिन

क्युवामा जन्मिएकी अमेरिकी लेखिका क्रिस्टिना ग्रासियाद्वारा लिखित यस पुस्तकमा एकजना पात्रको बर्लिन बसाईको बारेमा उल्लेख छ । जहाँ देखिएका अनौठा पार्क, म्युजिएम, क्याफे, चिडिँयाखानाको बारेमा लेखिएको छ ।

8

२. मनहत्तन बिच

अमेरिकन लेखिका जेनिफर एगनको यस पुस्तकमा १९४० को दशकको ब्रुकलिन सहरको बारेमा उल्लेख गरिएको छ । यस पुस्तकमा एक जना आएरल्यान्ड वासी पात्र र उसकी छोरी आन्नाको चर्चा गरिएको छ ।

9
१. सिङ अनबरिड सिङ
अमेरिकी लेखिका जेस्मिन वार्डको यस पुस्तक यस वर्षको लेशनल बुक्स अफ दि अवार्ड जित्न सफल पुस्तक हो । यस किताबमा १३ वर्षिय पात्र जोजोको बारेमा चर्चा गरिएको छ ।

10

वि.सं.२०७४ पुस ९ आइतवार १०:२३ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...