back
CTIZAN AD

अन्नपूर्ण महोत्सवको दोस्रो चरण पुस १० देखि

वि.सं.२०७४ पुस ९ आइतवार

744 

shares

 annapurna

९ पुस , पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ ।

अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा दोस्रो चरणको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

पहिलो चरणको कार्यक्रम अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविरमा असोज २५ गते सम्पन्न भइसकेको छ । पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडीबुटी तथा परम्परागत होटलको नमूना एवं तस्वीरको प्रदर्शनीलगायत कार्यक्रम भएको थियो ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगितालगायत कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएका व्यवसायीलाई सम्मान, पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शनी, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र चित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताउनुभयो ।

खेलकुद र साहित्यिक कार्यक्रम
जनप्रिय बहुमुखी क्याम्पस स्ववियुले क्याम्पसको २६औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी खेलकुद र साहित्यिक कार्यक्रम गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा स्ववियु सभापति आशिक गुरुङले पुस १० गतेदेखि सञ्चालन हुने कार्यक्रममा फुटसल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, केटाकेटी दौडसहित विभिन्न साहित्यिक कार्यक्रम गरिने जानकारी दिनुभयो । स्ववियु उपसभापति किसन थापाले क्याम्पसमा अध्ययनअध्यापनका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीका प्रतिभा प्रस्फुटन गराउने सोचका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसले शैक्षिक गुणस्तरीयताका साथै अतिरिक्त क्रियाकलापसमेतका माध्यमबाट विद्यार्थीको रचनात्मक एवं सिर्जनात्मक विकासलाई सधैँ प्राथमिकता दिँदै आएको बताउनुभयो ।

स्ववियु सचिव धु्रवराज अधिकारीका अनुसार चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ९०० भन्दा बढी विद्यार्थीले प्रतियोगितामा भाग लिनेछन् ।

वि.सं.२०७४ पुस ९ आइतवार १०:३७ मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...