back
CTIZAN AD

जनताले अनुमोदन गरेको कुरामा कुठराघात नहोस्

वि.सं.२०७४ पुस ९ आइतवार

996 

shares

janpratinidhi-of-chitwan
९ पुष, काठमाडौँ । नेपाल बुद्धिजीवी परिषद तथा नेपाल राष्ट्रीय बुद्धिजीवी संगठन संयुक्त निर्वाचन परिचालन बुद्धिजीवी समिति, चितवनले बाम गठबन्धनबाट नवनिर्वाचित माननीयहरुलाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना दिएको छ । समितिद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नवर्निर्वाचित जनप्रतिनिधिहरुलाई बधाईका साथै आगामी दिनमा गर्नुपर्ने कामका अपेक्षाहरुसहितको ज्ञापनपत्र पढेर सुनाइएको थियो ।

उक्त ज्ञापनपत्रमा समितिका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल तथा प्रदेशसभा सदस्य दावा लामा,कृष्ण खनाल, घनश्याम दाहाल ‘अविनास’, विजय सुवेदी, कृष्ण भुर्तेल, रामलाल महतोलाई बधाई शुभकामना दिँदै राजनीतिक स्थिरता र सम्वृद्धिको पर्खाइमा रहेको मुलुकको आवश्यकता र जनअपेक्षा अनुसार नेतृत्व गर्नमा सफलता मिलोस भन्ने अपेक्षा उल्लेख गरिएको छ । चितवनको तीब्र गतिको विकासलाई मुलुकको समग्र विकाससँग जोड्ने काममा नवनिर्वाचित माननीयहरुको अग्रणी भूमिका रहने छ भन्ने विश्वास लिइएको ज्ञापनपत्रमा जनाइएको छ ।
साथै उक्त ज्ञापनत्रमा स्थिरताको लागि एकिकरण उन्मुख बाम गठबन्धनलाई जनताले अनुमोदन समेत गरिसकेकोले यसमा कुठाराघात हुने छैन भन्ने विश्वास पनि उक्त पत्रमा उल्लेख छ ।

prachanda-in-chitwan

ज्ञापनपत्रमा भनिएको छ :

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !
माननीय प्रतिनिधि सभा सदस्यज्यूहरू,
पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल “प्रचण्ड”, पूर्व अर्थमन्त्री माननीय सुरेन्द्र पाण्डे, माननीय कृष्णभक्त पोखरेल,

माननीय प्रदेश सभा सदस्यज्यूहरू,
माननीय दावा लामा, माननीय कृष्ण खनाल, माननीय घनश्याम दाहाल “अविनास”, माननीय विजय सुवेदी, माननीय कृष्ण भुर्तेल, माननीय रामलाल महतो,

मुलुक युगान्तकारी परिवर्तनको संघारमा उभिएको बेलामा भएको विशेष महत्व राख्ने यो निर्वाचनमा यहाँहरू चितवनबाट भारि मतान्तरकासाथ बिजयी हुनु भएकोमा सहर्ष र सगौरव हार्दिक बधाई ज्ञापन गर्दछौं । राजनीतिक स्थिरता र सम्वृद्धिको पर्खाइमा रहेको मुलुकको आवश्यकता र जन अपेक्षा अनुसार नेतृत्व गर्नमा सफलता मिलोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं । चितवनको तीब्र गतिको बिकाशलाई मुलुकको समग्र बिकाशसँग जोड्ने काममा यहाँहरूको अग्रणी भूमिका रहने छ भन्ने कुरामा निःसन्देह विस्वास लिएका छौं ।

निराशाको बीचबाट सम्भावना खोज्दै आफ्नो मत मार्फत आशा र विस्वास ब्यक्त गर्ने जनता, निकै महत्वपूर्ण मोडको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सरकार र निर्वाचन आयोग, राजनीतिक दलहरू, सुरक्षाकर्मीहरू, राष्ट्रसेवकहरू, विस्वास प्राप्त गर्नमा प्रथम हुने उमेद्वारहरू, पहिलो, दोश्रो, तेश्रो, चौथो लगायत जुनसुकै हैसियत प्राप्त गर्ने दलहरू, स्वदेश तथा विदेशबाट खवरदारी गर्ने राष्ट्रप्रेमी जनताहरू सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । विधि र पद्धतिले जितेको छ, राष्ट्रिय कार्यभार पूरा भएको छ, यस अर्थमा कसैको पनि हार भएको छैन भन्ने मान्यतामा सवैलाई बधाई ज्ञापन गर्दछौं ।

स्थिरताको लागि एकिकरण उन्मुख बाम गठबन्धनलाई जनताले आशा र विस्वास प्रकट गरेका छन् । यो गठबन्धनलाई जनताले अनुमोदन समेत गरिसकेकोले यसमा कुठाराघात हुने छैन भन्ने विश्वास ब्यक्त गर्दछौ । यसैबाट उत्कृष्ट प्रमाणित भएको ठान्ने र बिजयको उन्माद जस्ता गम्भीर त्रुटी कहीं, कसैमा, कहिल्यै देख्ने र सुन्ने परिस्थिति आउने छैन भन्ने पनि विस्वास लिएका छौं । अनेकौं षड्यन्त्रका संजालहरू, बिचौलियाहरू, नाजायज फाइदा लिन खोज्ने आफन्त र मित्रहरूको घेरालाइ समेत कुशलता पूर्वक छिचल्न यहाँहरूमा थप उर्जा पैदा हुनेछ भन्ने पनि विश्वास लिएका छौं ।

घोषणापत्र मार्फत जनता सामु गरेका वाचाहरू नभुलिकन सम्भावित चुनौतीहरूको सुची तयार भई उक्त चुनौतिहरुलाई सामना गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन शुरू गरिसक्नुभएको हुनुपर्छ भन्ने समेत विश्वास लिएका छौं ।

माननीयज्यूहरू
राजनीतिक क्रान्ति, आन्दोलन गर्न राजनीतिक दलमा धेरै कार्यकर्ता चाहिन्थ्यो र मात्रात्मक पक्षलाई समेत बढि ध्यान दिइन्थ्यो । अव त्यो चरण पूरा भयो । सम्बृद्धिको लागि त मिहेनत पूर्वक श्रम गर्ने, पेशा व्यवसायमा कुशल, इमान्दार, अनुशासित, विधिको शासन तथा अधिकार र कर्तव्य प्रति सचेत नागरिकको खाँचो पर्दछ । यस्ता क्षमता वृद्धि गर्न ज्ञान सिपको मार्गबाट सशक्तिकरण गर्नु पर्दछ । यही मान्यतामा आ–आफ्ना दल भित्र गुणात्मक बिकासको खाँचो छ । यसर्थ राजनीतिक दलहरू आन्तरिक सुद्धिकरणमा लाग्ने छन् भन्ने पनि अपेक्षा गरेका छौं । शिक्षा, स्वास्थ्य, प्रशासन लगायतका क्षेत्रमा भएको अति राजनीतिकरण यथाशिघ्र रोक्नुपर्ने र यसमा स्थानीय तह निकै सवल बनाउनुपर्ने जनधारणा रहेको व्यहोरा अवगतार्थ अनुरोध गर्दछौं ।

जनता सामु गरेका बाचा पूरा गर्न अव दिनगन्ती शुरू भैसक्यो, पाँच वर्षपछि फेरी जनतासँग अनुमोदित हुनै पर्दछ भन्ने सोचले जनअपेक्षा अनुसार काम हुने र राजनीति पेशा होइन सामाजिक सेवा हो भन्ने कुरा सबै राजनीतिक कार्यकर्ताको ब्यबहारबाट पुष्टि हुनेछ, जोगी हुन राजनीति गरेको होइन भन्ने जस्ता कुरा कहीं कसैको मुखबाट सुन्नु पर्ने छैन भन्ने समेत अपेक्षा गरेका छौं ।

अन्त्यमा,
स्थिरता र सम्वृद्धि अहिलेको ठूलो अपेक्षा हो, यो निर्वाचनले यस तर्फ राम्रो बाटो बनाइदिएको छ । यो बाटोमा पहिरो जाने छैन, अरू फराकिलो बन्ने छ भन्ने विस्वासकासाथ चितवनका बुद्धिजीवीहरूको तर्फबाट हार्दिक बधाई सहित शुभकामना ब्यक्त गर्दछौं । हामीले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा यहाँहरू कै सोच अनुसार निर्वाचनमा बाम गठबन्धनका प्रतिबद्धता मस्यौदा गर्ने, जनता सामु पुर्याउने, स्थायित्व र सम्मृद्धिकोलागि बाम गठबन्धनलाई मत दिन आग्रह गर्ने, अनुगमन गर्ने लगायतका काम गरेका थियौं । यस क्रममा हामीले जिल्ला तहको सात सदस्यीय र निर्वाचन क्षेत्र स्तरको निर्वाचन परिचालन समिति बनाएका थियौ । बुद्धिजीवीहरुको तर्फबाट अपील प्रकाशन र वितरण भएको थियो । नागरिक अभियानको नामबाट चितवनका पेशा व्यवशायीहरूबाट १०० भन्दा बढि कोण सभाहरू भएका थिए । हामीले जेजस्तो सहयोग गर्न सक्यौं त्यसै गरी बाम गठबन्धनका प्रतिबद्धता लागू गर्ने सवालमा पनि सल्लाह, सहयोग र आवश्यक खवरदारी पनि गरिनै रहने विस्वास दिलाउन चाहन्छौं ।

धन्यवाद ।
नेपाल बुद्धिजीवी परिषद तथा नेपाल राष्ट्रीय बुद्धिजीवी संगठन
संयुक्त निर्वाचन परिचालन बुद्धिजीवी समिति, चितवन
२०७४ पौष ०९

वि.सं.२०७४ पुस ९ आइतवार १३:४१ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...