back
CTIZAN AD

अमेरिकाबाट सहजै नेपालमा पैसा पठाउन सकिने

वि.सं.२०७४ पुस ९ आइतवार

924 

shares

paypal

 ९ पुस,काठमाडौँ : अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ ।

सो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बंैकले जनाएको छ । पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेञ्जसँग पनि सम्झौता गरेको थियो ।

वि.सं.२०७४ पुस ९ आइतवार १५:१९ मा प्रकाशित

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

बैंकहरुमा नयाँ ब्याजदर लागू , ६ वटाले घटाए ब्याजदर

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर...

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

सामसुङले ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ वायरलेस इयरबड Samsung Galaxy Buds4...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ ।  शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ चैत ः नेपाल राष्ट्र बैंकले आज (आइतबार) का...