back
CTIZAN AD

विद्यालय शिक्षा सञ्चालन कार्यविधिप्रति महासंघको आपत्ति

वि.सं.२०७४ पुस १० सोमवार

639 

shares

१० पुस,काठमाडौँ  :नेपाल शिक्षक महासंघले स्थानीय तहको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन र नियमनका लागि कार्यविधि निर्माण गर्दा महासंघलाई नसमेटेको भन्दै आपत्ति जनाएको छ ।

महासंघले आज यहाँ पत्रकारसम्मेलन गरी स्थानीय तहको शिक्षा सञ्चालन र नियमनका सम्बन्धमा बनेको कार्यविधि–२०७४ निर्माण गर्दा महासंघलाई नसमेटेर शिक्षाका धेरै मुद्दा ओझेलमा परेको भन्दै आपत्ति जनाएको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष केशव निरौलाले महासंघको सहकार्य र सुझावबिना स्थानीय तहमा शिक्षाका बारेमा सरकारलाई जथाभावी रुपमा अधिकार नबाँड्न आग्रह गर्नुभयो । “सरकारले बिना गृहकार्य स्थानीय तहलाई अधिकार सुम्पिने काम गरेको छ, नेपालको शिक्षा नीतिलाई समयानुकूल बनाउनुपर्छ भन्नेमा हामी छौँ,” उहाँले भन्नुभयो ।

लोकतान्त्रिक गणतन्त्रको मर्म भावना विपरीत कर्मचारी प्रशासनमा शक्ति केन्द्रित गरिनु, शिक्षक कर्मचारीको ट्रेड युनियनको अधिकारलाई कटौती गर्नु तथा सबै नागरिकले निःशुल्क रुपमा शिक्षा हासिल गर्न पाउने अधिकारलाई कुण्ठित गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

यस्तै निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालयका लागि वैकल्पिक प्रबन्धका बारेमा मौन हुनु, व्यापारीकरण प्रोत्साहन हुने गरी मौजुदा कानुनी व्यवस्थाको समेत खिलापमा जाने गरी अनुगमन नियमनको प्रावधानलाई कमजोर पारेको महासंघले जनाएको छ ।
–––

वि.सं.२०७४ पुस १० सोमवार १४:५९ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...