back
CTIZAN AD

स्टिमर सेवाबाट पर्यटकको संख्यामा वृद्धि

वि.सं.२०७४ पुस ११ मंगलवार

954 

shares

steamer-577x433

११ पुस, पर्वत   । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो ।

स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य नै बन्ने गरेको छ । पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इञ्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् ।

वर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सो सेवा सञ्चालन भएको छ । पछिल्ला तीन वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्नेको संख्या घटेको भए पनि जलयात्राको आनन्द लिनका लागि आन्तरिक पर्यटकको संख्या भने थपिँदै गएको छ । दैनिकजसो जिल्लाका विद्यार्थी भ्रमणमा आउने गरेका छन् ।

स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भन्नुभयो, “गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ ।,” गाडीमा प्रतिकिलो रु तीन पर्ने ढुवानी भाडा रु एकमा झरेको छ ।

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको संगममा अवस्थित प्रसिद्ध धार्मिकस्थल सेतीवेणी बजारसम्म झण्डै सात किमी दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोँचबाट सुस्त गतिमा बगेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणी होटलका सञ्चालक शोभाखर तिवारीले बताउनुभयो । स्टिमरका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ ।

“स्टिमर चलेपछि सेतीवेणी बजारमा चहलपहल बढेको छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी जलविद्युत् परियोजनाका प्राविधिक मुक्तिराम पाण्डे स्टिमर चल्दा र नचल्दाको यस क्षेत्रको अनुभव नै फरक हुने गरेको बताउनुभयो । “रु सय भाडामा बढीमा आधा घण्टामा सात किमी यात्रा सकिन्छ”, उहाँले भन्नुभयो, “स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्रा अनुभव हो ।” काठले बनेका, इञ्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरू रमाउने गरेका उहाँको भनाइ छ ।

दैनिक ४०० भन्दा बढी विद्यार्थी मिर्मी परियोजना, स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकनका लागि आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रिलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्छ ।

वि.सं.२०७४ पुस ११ मंगलवार ०८:०५ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...