Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुनः भट्टराई



samaj-sewi-abhiyan-qatar-2
कुमार अविरल पन्थी, कतार
समाजसेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथापाचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डिल्लिराम भट्टराइको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिबहादुर शाही, सचिवमा कृष्णप्रसाद न्यौपाने, सहसचिवमा शिव राजशाही, कोषाध्यक्षमा विष्णु खड्का, सहकोषाध्यक्षमा मनोज कुंवर रहेका छन ।

त्यस्तै सदस्यहरुमा क्रमशः यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिलबहादुर खड्का, खेम पंगेनी युवराज अर्याल रहेका छन । समाजका अध्यक्ष डिल्लिराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कतारका द्वितीय सचिव गायत्रीबहादुर पौडेले रहनुभएको थियो । संस्थाका संरक्षक अर्जुन प्रसाद भट्टराइ, पुर्व अध्यक्षतथाव्यवस्थापन समिती सदस्य रामकेवलयादव, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य कुमार कार्की विशेष अतिथि रहेका थिए ।

samaj-sewi-abhiyan-qatar-1 त्यस्तै कार्यक्रममा विभिन्न वैचारिक संघसंस्था सामाजिक संघसस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायतका कतारमा स्थापित जिल्ला तथा अन्य संस्थाका प्रतिनिधि र रुपन्देहीबासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजले स्थापनाकालदेखी नै निकै अनुकरणिय कार्यहरु गर्दै आएको जिल्लाबासीको हक र हितमा मात्रसिमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित र सहयोगमा सधैं तल्लीन रहेको र भोलिका दिनमा पनि यस्तै कार्यहरु सम्पन्न गरेको देख्ने अपेक्षा रहेको धारण व्यक्त गरेका थिए ।

कार्यक्रम सस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले सस्थाको प्रगतीविवरण र अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाथिए । सस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत र सदस्य सोतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्व, संघ सस्था र आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदानगर्नुका साथै, नेपाली सास्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको