
सिकागो साहित्य समाजको आयोजनामा यही २४ डिसेम्बर २०१७ का दिन एक साहित्यिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । करिब २० जना साहित्य अनुरागी कवि कवयित्रीहरूले आ-आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शिव पलास, यादव न्यौपाने, विष्णा विरही, राम खनाल, भोजराज पाठक,लक्ष्मण न्यौपाने, भिमराई, जीतेद्र राणा, जगन निरौला, इश्वरी बगाले, टेकराज पौडेल, शिव अधिकारी, गोपाल कंडेल, गोपाल जिसी, सुरज घिमिरे, टूकबहादुर केसि, रवि विश्वकर्मा, रामकृष्ण अर्याल, नानीराम मरहठ्ठा आदिले कविता, गजल र गीतहरु प्रस्तुत गरेका थिए । सिकागोमा पहिलो पटक आयोजना भएको साहित्यिक कार्यक्रममा करिव ८० जना भन्दाबढी स्थानीय साहित्य अनुरागी श्रोता दर्शकहरुको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो ।
सो अबसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिकागो च्याप्टर गठन गरिएको छ । विष्णादेवीविरहीको अध्यक्षतामा च्याप्टरकार्य समिति र सल्लाहकार समिति गठन गरिएको छ, जसमा इश्वरी बगाले उपाध्याक्ष, भीम राईसचिव, जितेद्र राना कोषाध्यक्ष र सदस्यहरूमा लक्ष्मण न्यौपाने, शिव पलास, शिव अधिकारी, राम खनाल, लक्ष्मण न्यौपाने, यादव न्यौपाने, भोज राज पाठक, रामकृष्ण अर्याल, रवि विक, गोपाल जिसी, तुलसा शिवाकोटी र कविता घिमिरे रहेका छन् भने सल्लाहकार समितिमा बाला घिमिरे, टेकराज पौडेल, खेम पाठक, गोपाल कंडेल, लालप्रसाद काफ्ले, टुकवहादुर केसि र जगन निरौला रहेका छन् ।
सर्वसम्मत रुपमा छनौट भएका सम्पूर्ण पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले बधाई दिदै सिकागोमा यति धेरै साहित्यिक व्यक्तित्व रहनु भएकोमा आफूलाई अत्यन्तै खुशी लागेको बताउदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिकागो च्याप्टरको सक्रियतामा नेपाली भाषा र साहित्यको बिकासमा थप मद्दत पुग्ने बताएका थिए। त्यसैगरि नवनिर्वाचित कमिटीलाई बधाई दिनेहरुमा सिकागोल्याण्ड नेपालीफ्रेन्डशिप सोसाइटीका अध्यक्ष टेकराज पौडेल, नेपाल सरकारका पर्यटन दुत एबम आन्माका अध्यक्ष बाला घिमिरे, एनआरएन एनसीसिका बोर्ड अफ डाइरेक्टर प्रिती सागर खत्री, समाजसेवी खेम पाठक, टेक केसी लगायतले बधाई ज्ञापन गरेका थिए । साहित्यकार टुकबहादुर केसीको अध्यक्षता र कार्यक्रम इश्वरी बगालेको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । सिकागोमा सोही दिन ८ जना साहित्यकारहरुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्यता ग्रहण गरेका थिए ।