back
CTIZAN AD

सात करोड लगानीमा गलेश्वरमा पूर्वाधार

वि.सं.२०७४ पुस १३ बिहीवार

846 

shares

galeshor

१३ पुस , बाबियाचौर, म्याग्दी। करिब रु सात करोड लगानीमा बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ ।

पूर्वाधार निर्माणका लागि विभिन्न सरकारी निकाय, गैरआवासीय नेपाली संघ, व्यक्ति र संघसंस्थाले सहयोग गरेका थिए । गलेश्वर क्षेत्रको विकासका लागि दश वर्षे गुरुयोजना तयार गरिएको छ । सो गुरुयोजना कार्यान्वयनको क्रममा हालसम्म मठमन्दिर, धर्मशाला, सत्संग भवन, वृद्धाश्रम र स्वास्थ्य चौकी भवन निर्माण गरिएको कोषका सदस्य सचिव माधवप्र्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी, कालीगण्डकी किनार स्नान गर्न जाने पदमार्ग, क्याम्पिङस्थल, खेलमैदान, बालउद्यान, प्रवेशद्वार, शिवलिङ्ग, तटबन्धलगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको चाप बढेकाले धर्मशालाको क्षमत्ता वृद्धिका लागि नयाँ भवन निर्माणको तयारी गरिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

धर्मशालाको भवन निर्माणका लागि काठमाडौँको रेडिसन होटलका सञ्चालक गोविन्द दास श्रेष्ठसँग सम्झौता भएको छ । श्रेष्ठले रु ५० लाख लागतमा भवन बनाउने सम्झौता गर्नुभएको छ । यसैगरी कालीगण्डकी नदी किनारबाट पम्पिङ गरी मन्दिर परिसरमा पानी तानेर स्नान गर्ने व्यवस्था गरिने भएको छ ।

खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालन हुने उक्त योजनाको सर्वेक्षण गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । रु ३० लाख लागत अनुमान गरिएको छ । गलेश्वरदेखि पर्वतको जलजला गाउँपालिका–२ मा अवस्थित राममन्दिर जोड्ने झोलुङ्गेपुल निर्माणको तयारी भएको छ । गलेश्वर हँुदै पौलत्स्य आश्रम जोड्ने पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको छ ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । द्वापरयुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको उक्त क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ ।

साउन महिनाको सोमबार, शिवरात्रि र बालाचतुर्दशी पर्वमा विशेष मेला लाग्ने गलेश्वर मन्दिरमा दैनिक पूजाआजा हुने गरेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटी, दान र चन्दा पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषले जनाएको छ ।

आव २०७३७४ मा रु ४३ लाख भेटी संकलन भएको गलेश्वर मन्दिरमा चालु आवको साउनदेखि मंसिरसम्म रु ४२ लाख ८८ हजार भेटी प्राप्त भएको छ । ज्येष्ठ नागरिक आश्रम, धर्मशाला र संस्कृत पाठशाला सञ्चालन गरेको कोषको हालसम्मको आम्दानी रु तीन करोड नौ लाख ४३ हजार रहेको छ ।

वि.सं.२०७४ पुस १३ बिहीवार १०:५९ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...