back
CTIZAN AD

दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

वि.सं.२०७४ पुस १४ शुक्रवार

711 

shares

janata-aawas

१४ पुस , डडेल्धुरा  । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत घरवासको व्यवस्था गर्न नसक्ने जिल्लाका अति विपन्न दलित परिवारका लागि घर बन्न थालेपछि झुपडीमा बस्दै आएका उनीहरू पक्की घरमा बस्न पाउने भन्दै खुशी भएका छन् ।

पुख्र्यौली घरमा चारभाइ बहिनीलाई बस्नका लागि पनि ठाउँ पुग्दैनथ्यो सरकारले नयाँ घर बनाइदिने भएपछि आफूले पनि नयाँ घरमा बस्न पाउँदा खुशी लागेको अजयमेरु गाउँपालिका–१ समैजीका धनी दमार्इंले बताउनुभयो ।

समूह बनाई प्रतिपरिवारलाई नेपाल सरकारले रु तीन लाख ३५ हजार अनुदान पनि दिने जनाएको छ । दुईकोठे भान्सासहितको घर निर्माण गर्ने गरी काम शुरु भएको छ । यहाँका अति विपन्न दलित परिवार घर निर्माण गर्न नसक्दा एउटै घरमा दुई वा दुईभन्दा बढी परिवार बस्दै आइरहेका थिए ।

वि.सं.२०७४ पुस १४ शुक्रवार ०८:५० मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...