back
CTIZAN AD

ओमानमा दूतावासद्वारा महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिबिर

वि.सं.२०७४ पुस १५ शनिवार

753 

shares

nisulka-shibhir-1

 नेपाल तथा ओमानबीच स्थापित कुटनैतिक सम्बन्धको ४० औं वर्षोत्सबको अवसरमा नेपाली राजदूतावास, ओमानद्वारा २०७४ पुस १४ गते शुक्रबार तदअनुसार २९ डिसेम्बर २०१७ दिन ओमानमा रहेका भएका नेपाली महिलाहरुका लागि निशुल्क स्तन परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

ओमान क्यान्सर एसोशियसन, बरखत अल-नुर क्लिनिक तथा अल-हसार फार्मेसीको सहयोगमा विशेषज्ञहरुद्वारा स्तन परीक्षण सेवा प्रदान गर्न सो निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको कुरा राजदूत शर्मिला पराजुली ढकालले बताउनु भएको छ ।

nisulka-shibar-2

उहाँले स्वस्थ्य रहन पाउनु सबैको नैसर्गिक अधिकार हो भन्दै ओमानमा कार्यरत नेपाली महिला दिदीबहिनीहरुले आफ्नो स्वास्थ्य परिक्षणको यो अवसरले प्रत्यक्ष लाभ लिन पाओस् भन्ने दूतावास रहेको उदेश्य बताउनु भयो । साथै आगामी जनवरी १८ देखि शुरु हुने मस्कट महोत्सव पनि सो सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिनु भयो । नेपालको कला सँस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले आगामी महोत्सवमा दूतावासले विशेष स्टल राखिने जानकारी दिनु भयो । दूतावासबाट गरिदै आएको सबैकिसिमको कार्यमा नेपाली संघसंस्थाहरु र नेपालीहरुको  उल्लेखनीय साथ रहेको जनाउदै आगामी दिनमा पनि यस्तै अपेक्षा राखेको बताउनुभयो ।

महामहिम ढकालद्वारा दीप प्रज्वल गरि समुदघाटन गरिएको सो समारोहको सञ्चालन प्रथम सचिब रोजिना ताम्राकारले गर्नुभएको थियो । औपचारिक कार्यक्रम शुरु हुनुपुर्व दुबै देशका राष्ट्रिय गान सहित नेपाली गीतमा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।  सो अवसरमा ओमान क्यान्सर एसोसिएसनका अध्यक्ष डाक्टर वाहिद अल-खरासी र क्यान्सर रोग विशेषज्ञ डाक्टर राजीले क्यान्सर रोग सम्बन्धि महत्त्वपूर्ण भनाईहरु राख्नुभएको थियो ।

करिब सय जना नेपाली महिलाहरुले प्रत्यक्ष सेवा लिन सफल सो सिबिरमा पुरुषहरूले समेत निःशुल्क ब्लड सुगर  र BMI परीक्षणको लाभ लिईएको थियो ।

वि.सं.२०७४ पुस १५ शनिवार १०:४६ मा प्रकाशित