back
CTIZAN AD

नेपाली साहित्यको विकासमा पौड्यालको योगदान महत्वपूर्ण : राष्ट्रकवि

वि.सं.२०७४ पुस १६ आइतवार

924 

shares

madhav-ghimire

१६ पुस, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणी लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली शिक्षा परिषद्ले कवि शिरोमणी लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा घिमीरेले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताए । “तत्कालीन संस्कृतिका बारेमा आमजनतालाई साहित्यमार्फत चिनाउने व्यक्ति पौड्याल हुनुहुन्छ”, उनले भने ।

पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले नेपाली कविता क्षेत्रमा कवि शिरोमणी पौड्यालको महत्वपूर्ण योगदान रहेको बताए ।

पौड्यालको १९४१ पुुस १५ गते कास्कीको अर्घौं अर्चलेमा जन्म भएर २०२२ सालमा निधन भएको थियो ।

लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई

सो अवसरमा नेपाली शिक्षा परिषद्ले हरेक वर्ष प्रदान गर्ने लेखनाथ प्रतिभा पुरस्कार लक्ष्मी सुवेदीलाई प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च अंक ल्याएर स्नातकोत्तरमा प्रथम स्थान हासिल गरेको भन्दै सुवेदीलाई रु १५ हजार एक नगदसहित सम्मान गरिएको हो ।

उनले २०७१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसबाट ६८ प्रतिशत ल्याएर प्रथम भएका थिए ।

वि.सं.२०७४ पुस १६ आइतवार ०३:३४ मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...