back
CTIZAN AD

आगलागी हुँदा रु २० लाखको क्षति

वि.सं.२०७४ पुस १७ सोमवार

816 

shares

१७ पुस, उर्लाबारी, मोरङ । मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ । पौडेलको घरमा भएको आगलागीका कारणबारे खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरी आगलागीबाट सुनवर्षी– ९ डाइनिया बस्ने मुरली साहको पक्की घर तथा सो घरमा रहेको कपडाको पसल, टेलरिङसमेत जल्दा रु १० लाख बराबरको क्षति भएको छ । साहको घरमा राति १० बजेतिर विद्युत् प्रवाह भई आगलागी भएको थियो । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७४ पुस १७ सोमवार ०६:०६ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...