Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

जिल्ला अस्पताल रसुवा को साँचो हस्तान्तरण



१९ पुस, धुन्चे, रसुवा, । २०७२ सालकोे भूकम्पले क्षतिग्रष्तभई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अव अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ । नवनिर्मित सेमिपरमानेन्ट भवनवाट सेवा सञ्चालनका लागि निर्माण कार्य सम्पन्न भई आज रसुवा जिल्ला अस्पतालको प्राँगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ ।
क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाट नवनिर्मित प्रिफ्याव अस्पताल अस्पताल भवनको स्वामित्व प्रमाणपत्र नेपाल सरकार स्वास्थ्यमन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश प्रसाद अधिकारीलाई रेडक्रसका भुकम्पप्रतिकार्यका प्रमुख उमेश ढकालले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । यस्तै, नेपाल रेडक्रस सोसाइटीको रसुवाजिल्ला सभापति बाबुलाल तामाङले जिल्ला अस्पताल प्रमुख डाक्टर गुण निधि शर्मालाई भवनको साँचो हस्तान्तरण गर्नुभयो ।
रसुवा रेडक्रसका कोषाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित सभापतिकुल प्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने,गोसाइकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तामाङ,जिल्लाशिक्षाअधिकारी,जिल्लाप्रहरी प्रमुख लगायत क्यानेडियन रेडक्रस, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु, पत्रकारलगायतको समुपस्थिति रहेको थियो । कार्यक्रममा भवननिर्माण तथा स्वास्थ्य सेवा सम्बन्धित खुला छलफल चलाइएको थियो ।
एक वर्ष अघि नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य मन्त्रालयकाबीचअस्पताल भवन र आवास गृह निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको आगामी ३ महिनामापुननिर्माण सम्पन्न हुने कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र क्यानेडियन रेडक्रसका आवास तथानिर्माण सँयोजक इन्जिनियर लक्ष्मण क्षेत्रीले जानकारी दिनुभयो ।
५ वटा शौचालय सहित २५ वटा कोठे सो हस्तान्तरण भएको भवनतीन सय ६३ बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।
थप सहयोग
अव बन्ने २६ कोठाको आवास निर्माणको सहित रसुवाको अस्पताल भवनको लागिनिर्माण कम्पनीसँगको सम्झौता रकम ४ चार करोड २४ लाख नौ हजार रहेको छ । यसकाअलावा अस्पतालबाट अझप्रभावकारी सेवा पु¥याउने उद्धेश्यले अस्पतालबाट मागभएबमोजिम रु. ४२ लाख ९५ हजार बरावरको मेडिकल उपकरणहरु समेत जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसएको छ ।जसमा २ वटा हेभी जेनेरेटर, अल्ट्रा साउण्ड मेशिन, एक्सरे मेसिन, इसीजी मेशिन, नेवुलाइजर मेसिन, विरामी सुत्ने वेड लगायतइन्र्भटरहरु रहेको रेडक्रसका सञ्चार प्रमुखदिव्यराजपौडेलले जानकारी दिनुभयो । यस भन्दापहिले नैआपत्कालीन अस्पताल हस्तान्तरणको समयमाफर्निचर लगायतका सामग्री हस्तान्तरण गरिसकिएको छ ।
आपत्कालीन अस्पतालबाट ५ हजार बढी लाभान्वित:
२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारणले रसुवाजिल्ला अस्पतालको भवनक्षतिग्रस्त भएपश्चाततत्काल नेपाल रेडक्रस सोसाइटीले क्यानेडियन रेडक्रस सोसाइटी सँग समन्वय गरी Emergency Response Unit (ERU) बाट आपत्कालीन सेवाअल्प समयकालागि सञ्चालनगरिएको थियो ।उक्तभ्च्ग् अस्पतालबाटजम्मा.५,४०६ जनाले उपचार सेवापाएकाथिए । त्यस पश्चातजिल्ला स्वास्थ्यकार्यालयलाई टेन्टेड अस्पताल हस्तान्तरण गरी हाल सम्म सोही टेन्टबाटै सेवा सञ्चालन भैरहेको थियो ।
स्वास्थ्य क्षेत्र पुननिर्मणमा रेडक्रसको सहयोग : 
रसुवा अस्पतालको पुननिर्माणको अलावा यस अघि काभ्रे, सिन्धुली र धादिङमाउपकरण सहित ४ वटा स्वास्थ्यचौकीभवनहरु रेडक्रसले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यस बाहेक २३ वटा स्वास्थ्यचौकीनिर्माणाधिन रहेका छन् । त्यस्तै सिन्धुलीमा ४ वटा, नुवाकोटमा २ वटा र मकवानपुरमा २ वटा हेल्थपोष्टको मर्मत सम्भार सहयोग रेडक्रसबाट भइसकेको छ । भूकम्पप्रभावितजिल्लाहरुमा स्वास्थ्यचौकीतथा अस्पतालहरुमा गरि १५ वटा स्वास्थ्य संस्थामाआबश्यकताअनुसारका उपकरणहरु प्रदानगरिएको छ ।
काठमाण्डौँ उपत्यकाभित्र रहेका तीनवटा जिल्लाहरुको हकमा एक एक वटास्थायीप्रकृतिको स्वास्थ्यचौकीपुननिर्माण गर्न रेडक्रसले सम्झौता प्रस्ताव स्वास्थ्यमन्त्रालयमा पठाइसकेको र स्वीकृतिआउनबाँकी रहेको रेडक्रसका हेल्थअफिसर दीपकपोखरेलले जानकारी दिनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बंगलादेशमा अध्ययन गरी फर्केका नेपाली डाक्टरहरुको काठमाडौँमा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ

काठमाडाैं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा