१९ पुस, कपिलवस्तु । लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बिदा भएका छन् ।
अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताए
वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बतबताए । अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द भएको विद्यालय निरीक्षक जिसीले बताए ।
चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, झाडापखालालगायत बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेण्ट किशोर बन्जाडेले बताए ।