Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

गोब्रे च्याउबाट मनग्य आम्दानी



uf}/Lu+ufdf uf]a|] Rofp s}nfnLsf] uf}/Lu+uf gu/kflnsf–! uf]Ksf ufpFsf s[ifs tk/fh e§n] u/]sf] uf]a|] Rofpv]tL laqmLsf nflu l6Kb} . tl:a/ M l;4/fh e§, s}nfnL, /f;;

१९ पुस, धनगढी ।   कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले त्यहाँ पुग्ने च्याउका पारखी लोभिन्छन् ।

पूर्व—पश्चिम राजमार्ग छेउमै पर्ने गोप्का गाउँका अगुवा कृषक तपराज भट्टको परिश्रम र लगनशीलताको नमूना हो यो । त्यहाँ पुग्ने च्याउका पारखी भट्टले आफ्नै घरमा गरेको उद्यमको प्रशंसा गर्दै फर्किरहेका भेटिन्छन् ।

प्रशस्त च्याउ फलेपछि उहाँलाई आफ्नै घरमा उत्पादन भएको गोब्रे च्याउ बिक्री गर्ने यतिबेला चटारो छ । “आफ्नै देशको माटोमा मिहेनत गर्ने हो भने विदेश जानु पर्दैन”, आफ्नो उद्यमबाट मिलेको प्रतिफलप्रति सन्तुष्ट हुँदै उहाँले भन्नुभयो, “विदेशमा कठिन परिश्रम गर्नुभन्दा आफ्नै ठाउँमा गोब्रे च्याउको खेती गर्न सकिए मनग्य आम्दानी गर्न सकिन्छ ।”

भारतबाट प्याकिङ भएर आउने गोब्रे च्याउको तुलनामा यो च्याउ निकै गुणस्तरीय र स्वादिलो रहेको उहाँको घरमै पुगेर च्याउ खरिद गरिरहनुभएका सुरेन्द्र भण्डारीले बताउनुभयो । सात नं प्रदेश सुदूरपश्चिममा गोब्रे च्याउको खेतीको शुरुवात गर्ने उहाँ पहिलो किसान हुनुहुन्छ । उहाँले पूर्ण रुपमा अग्र्यानिक विधि अपनाएर यो च्याउको खेती गरिरहनुभएको छ । यो च्याउको खेती १४ देखि १८ डिग्री सेल्सियसको तापक्रम भएको ठाउँमा मात्र गर्न सकिने बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको