back
CTIZAN AD

नेपाल टेलिकमको सेवा अवरुद्ध

वि.सं.२०७४ पुस २० बिहीवार

825 

shares

२० पुस, नुवाकोट । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ ।

धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन ९ल्याण्डलाईन टेलिफोन० र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहँुदा उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् ।

गल्छीबाट ल्याइएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले बनाउन पोखराबाट आज बिहान आइपुगेका प्राविधिकले प्रयास गरिरहेको टेलिकम नुवाकोट प्रमुख श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले सेवा अवरुद्धपछि मर्मतका लागि काठमाडाँै नजिक हुने भए पनि निजी कम्पनीको प्राविधिक पोखराबाट आउन ढिलाइ गरेकाले समस्याको पहिचान र मर्मतमा ढिलाइ भएको हो ।

वि.सं.२०७४ पुस २० बिहीवार ०५:४२ मा प्रकाशित

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ । दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत...

१०५ वर्षीय खड्काद्वारा मतदान

१०५ वर्षीय खड्काद्वारा मतदान

काठमाडौँ । काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा रहेको मतदान केन्द्रमा...

परिवर्तनको आशा बोकेर मतदान

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौँ । डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट...