२१ पुस, काठमाडौँ । स्पेनिश कप प्रतियोगिता कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडले जित हात पारेको छ । हिजो राति सम्पन्न खेलमा रियलले दोस्रो डिभिजनको क्लब लु मनसियालाई पराजित गर्दै रियलले प्रभावशाली जित हात पारेको हो । रियलले उक्त खेलमा पहिलो रोजाईका प्रमुख खेलाडीलाई आराम दिएको थियो ।
रियलको जितमा ग्यारेथ बेल , ईस्को तथा बोर्जा मायोरेलले गोल गरे ।
गत डिसेम्बरमा ईएल क्लासिकोमा भोगेको पराजय पछि रियलले पहिललो खेल खेलेको हो । यो सँगै रियल कोपा डेल रे को क्वार्टरफाईनल प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।
वि.सं.२०७४ पुस २१ शुक्रवार ००:५३ मा प्रकाशित


























