
२१ पुस, एजेन्सी । कोपा डेल रे अन्तर्गत हिजो राति सम्पन्न खेलमा वार्सिलोना बराबरीमा रोकिएको छ । हिजो राति सम्पन्न खेलमा सेल्टा भिगो सँग १ १ गोलको बराबरीमा रोकिएको हो । प्रमुख खेलाडी मेस्सी, सुआरेजलाई आराम दिइएको उक्त खेलमा वार्सिलोनाको लागि अर्नेजले सुरुआती गोल गरेपनि सेल्टाका स्टिोले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसपछि दुवै पक्षबाट गोल गर्ने प्रयास भएतापनि सफल हुन् सकेन् ।
बराबरीसँगै वार्सिलोनाले क्वार्टरफाईनल प्रवेश गर्न अर्को हप्ता क्याम्प नोउमा हुने सेकेन्ड लेगको खेल कुर्नु पर्ने भएको छ ।