back
CTIZAN AD

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

वि.सं.२०७४ पुस २१ शुक्रवार

882 

shares

२१ पुस, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।

बोर्डले विहिबार रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति दिइएको बताए । कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको जानकारी दिए ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिए ।

वि.सं.२०७४ पुस २१ शुक्रवार ०२:५० मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...