Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

जापान नेपाली एकता समाजको अध्यक्षमा सापकोटा



 जापान । जापान नेपाली एकता समाज अध्यक्षमा यामलाल सापकोटा चयन भएका छन् ।
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन डिसेम्बर ३१ २०१७ मा ओसाका र जनवरी १ का दिन टोकियोमा सम्पन्न भएको सम्मेलनले उपाध्यक्षमा भिम केसी, महासचिवमा तेजेन्द्र छेत्री, कोषाध्यक्षमा केशव सापकोटा र सदस्यस्यहरुमा विष्णु के.सी., शिव पौडेल, हेमलाल गौतम, कमल कार्की, बिसाल के.सी, तुफान के.सी, भिम काउचा, गोपाल सापकोटा, मिलन शर्मा रहेका छन् । साथै दुई कार्यसमिति सदस्य तथा दुई बैकल्पिक सदस्य रिक्त रहेको पनि समाजले जनाएको छ ।


ओसाकाको कार्यक्रममा यमलाल सापकोटाको अध्यक्षता, आनन्द शर्माको प्रमुख आथित्यता, हेमलाल गौतमको स्वागत मन्तव्य, मान बहादुर थापाको शुभकामना मन्तव्य तथा तुफान केसीको सञ्चालनमा सम्पन्न भएको हो ।


लोक गायक राम्जि खाँड गायिका श्रृष्टि पुन जनवादी गायक हेमराज आश्रम र स्थानीय कलाकारको साथमा नौमति बाजाले सयौं दर्शकलाई मनोरञ्जन दिएर हल गुञ्जयमान गराएका थिए । उक्त कार्यक्रम रक्तिम अभियान जापानका अध्यक्ष सचित्र के सीले गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको