Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

शन्की मान्छेको कथामा शेर बहादुर



२१ पुस, काठमाडौं । शेरबहादुर शन्की मान्छेको कथामा निर्माण भएको फिल्म हो । अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ । निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ ।
फिलमको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्माm रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ । एक्शन, रोमान्स, ड्रामा समाबेशफिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् ।

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ । यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्