२३ पुस, एजेन्सी । यति बेला ईङलिश क्लब चेल्सका प्रशिक्षक एन्टोनियो कोन्टे र मयान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होविच वाक युद्ध नै चलिरहेको छ । यी दुई क्लबका प्रशिक्षकले दिने अन्र्तवार्तामा एक अर्कालाई उदांगो बनाउदै आएका छन् ।
यसै गरि बिबिसी सँगको कुराकानीमा कोन्टेल मौरिन्होलाई फुच्चे समेत भन्न भ्याए । उनले दुई क्लबको बिचमा खेल हुदाँ आफुहरु एउटै कोठामा भेटिँदा मौरिन्हो आफुसँग बोल्न नसक्ने बताएका छन् ।
यस्तै कोन्टेले मौरिन्होलाई झुट्टा समेत भनेका छन् । एक अन्र्तवार्तामा मौरिन्होले आफु म्याच फिक्सिङको आरोपमा कहिल्यै नपर्ने बताएका थिए तर कोन्टे सन् २०१३ मा ईटलियन क्लबको प्रशिक्षक रहदाँ उनी म्याच फिक्सिङको आरोपमा चार महिना प्रतिबन्धत भएका थिए तर उनलाई अदालतले पछि सफाई दिएको थियो ।
वि.सं.२०७४ पुस २३ आइतवार ०५:३७ मा प्रकाशित

























