back
CTIZAN AD

बडादशैँको फुलपातीमा निर्जला आउने

वि.सं.२०७४ पुस २३ आइतवार

606 

shares

२३ पुस, काठमाडौँ ।  नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाडामा दशैंको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो ।
दीनेश सुवेदीको शब्दमा बाबुल गिरीको संगीत समावेश दशैं स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माले अभिनय गरेका छन् । पौषको यो कठ्याङ्ग्रीदो जाडोमा दुई दर्जन कोरस राख्दै फिल्मको गीतलाई घ्याम्पे डाडामा भिडियो मार्फत ढालेका हुन् नृत्य निर्देशक कमल राईले ।


राजु गिरीको निर्देशनमा प्रकाश चन्द्र न्यौपाने निर्मित फिल्मको रिलिज मिति समेत तय गरिएको छ । आगामी २०७५ सालको बडा दशैंको फुलपातीको दिन देखि फिल्म रिलिज गरिने निर्माण पक्षले जनाएको छ । शुभेच्छा कै कथा तथा संवाद रहेको फिल्म ‘निर्जला’ टिपिकल नेपाली शैलीमा निर्माण गरिएको बताइएको छ । यस अगाडि निर्देशक राजु र नायिका शुभेच्छाको ग्ल्यामरका नाममा समाजले पचाउनै नसक्ने दृश्य दिएको भन्दै आलोचना भएको थियो । यो फिल्म मार्फत आफूह?लाई लागेको दाग मेटिनेमा यि दुई विश्वस्त छन् । यस पटक फिल्ममा त्यस्तो कुनै सिन समेत नभएको र परिवार एकसाथ बसेर हेर्न मिल्ने फिल्म बनाएको निर्देशक गिरीको भनाई छ ।
व्यवसायी समेत रहेका प्रकाश चन्द्रले यसै फिल्म मार्फत पहिलो पटक निर्माणमा हात हालेका छन् । उनले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन् । चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘निर्जला’ मा अशोक खड्काको द्धन्द तथा रवि लामिछानेको छायांकन रहेको छ ।

वि.सं.२०७४ पुस २३ आइतवार १०:३९ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...