back
CTIZAN AD

छबुँदे सहमतिपछि रुपन्देही बन्द फिर्ता

वि.सं.२०७४ पुस २४ सोमवार

840 

shares

२४ पु्स, बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आईतबार बेलुकीबाट फिर्ता भएको छ ।

नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेका थिए ।

पीडित पक्ष, आन्दोलकारी संगठन र स्थानीय प्रशासनसहितको सर्वपक्षीय छलफलमा छबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको युवा संघ रुपन्देहीका अध्यक्ष नहकुल शाही र अनेरास्ववियू रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तिमा जिल्ला प्रशासन र राजनीतिक दललगायत सम्बद्ध पक्षसँग भएको वार्ता र संवाद सकारात्मक भएको सन्दर्भमा हाललाई बन्दसहित सबै आन्दोलनका कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।

अपराधीलाई अविलम्ब पक्राउ, स्व दुर्गा तिवारी र स्व वसन्त पौडेललाई शहिद घोषणा, राहत र सुरक्षा संरचनाको थपलगायत सहमति कार्यान्वयन गर्ने आश्वासन दिइएको छ ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब ११ बजे देवदह–२ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुईजनाले उनीमाथि गोली प्रहार गरेका थिए ।

घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका थिए ।

संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्दीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुट्छाछुट्टै टोली बनाएर अनुसन्धान थालेको छ । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ ।

वि.सं.२०७४ पुस २४ सोमवार ०२:५९ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...