back
CTIZAN AD

६० हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो

वि.सं.२०७४ पुस २४ सोमवार

816 

shares

२४ पुस, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् ।

एक्पो उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो । एक्स्पो यही पुस २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिएको थियो । एक्स्पो अपेक्षा गरेअनुसार सफल भएको आयोजक संस्थाले जनाएको छ ।

विदेशी कम्पनीले नेपालको जलविद्युत् विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा आफूहरु आशावादी रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

एक्स्पोमा जलविद्युत् आयोजनाका प्रवद्र्धक जलविद्युत्का सामान उत्पादक, वितरण, परामर्शदाता, बीमा कम्पनी लगानीकर्ता र बैंक तथा वित्त कम्पनीलगायत झण्डै १०० भन्दा बढी स्टल रहेका थिए ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता थियो ।

यसैगरी जलविद्युत् आयोजनाको विकास र विस्तारमा सहयोग पुग्ने गरी जलविद्युत्सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथमा भएको छ भने काठमाडाँैँ विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार ५५५ तथा द्वितीय र तृतीय हुनेलाई क्रमश रु २२ हजार २२२ र रु ११ हजार १११ नगद पुरस्कार प्रदान गरिएको थियो ।

वि.सं.२०७४ पुस २४ सोमवार ०३:०१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...