back
CTIZAN AD

सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीशमा महिला नियुक्त गर्न माग

वि.सं.२०७४ पुस २४ सोमवार

738 

shares

२४ पुस, काठमाडौँ । नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ ।

बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै आइतबार न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो ।

ज्ञापनपत्रमा यही पुस २० गते बसेको न्याय परिषद्को बैठकले गरेको उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र संविधानले व्यवस्था गरेअनुसारको समावेशी सिद्धान्त गर्नुपर्ने व्यवस्थालाई उपेक्षा गरिएको उल्लेख छ । परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा चार नाम सिफारिश गर्दा एक महिला कानून व्यवसायीको पनि समावेश गरेको थिएन ।

यसअघि सर्वोच्च अदालतमा र उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति प्रकट गर्दै सक्षम र योग्य महिला कानुन व्यवसायीलाई सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाशीश नियुक्ति गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश पराजुलीले आगामी दिनमा सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएर महिला कानून व्यवसायीलाई नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७४ पुस २४ सोमवार ०३:१९ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...