back
CTIZAN AD

भुँई स्याउको व्यावसायिक खेती शुरु

वि.सं.२०७४ पुस २५ मंगलवार

813 

shares

२५ पुस, पथरी, मोरङ । मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ ।

मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ बेच्नुभयो । घरमै खरिद गर्न पुगेकालाई प्रतिकेजी रु ७० का दरले बिक्री गरेको बताउँदै राईले भन्नुभयो, “तराईका बजारमा पु¥याउँदा प्रतिकेजी रु २०० सम्ममा बिक्री भयो । भुँई स्याउको माग बढेपछि उहाँले यो वर्ष १० रोपनीमा बाली लगाउनु भएको छ ।

राईकी पत्नी बीना खजुमले भन्नुभयो, “भुँई स्याउलाई मल पु¥याउन गाह्रो भयो । सडक विकट छ, गोबर मलले मात्र उत्पादन लिन समस्या भयो, रासायनिक मल गाउँसम्म पु¥याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन ।”

प्रतिबोट १० देखि १५ केजीसम्म उत्पादन हुने भुँई स्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ । नारायण राई यतिबेला दुई चार पैसा कमाउने ध्याउन्नमा मात्र हुनुहुन्न । गाउँ, जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमूना बन्ने सपना बुनिरहनुभएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि व्यवसायबाटै ५० जनाभन्दा बढीलाई रोजगार दिनुभएको छ ।

गाउँमा कोही जग्गा बेच्ने भए भने राई नै किनी दिनुहुन्छ । भन्नुहुन्छ, “सबै सुख खोज्न तराई झरिरहेका छन् । म यहीँ सुख खोजिरहेको छु ।” उहाँको जग्गामा चिया मात्र छैन । कफीखेती पनि शुरु गर्नुभएको छ । कागती तथा सुन्तला जातको समेत खेती थाल्नुभएका राई भन्नुहुन्छ, “धानबाहेक यो भूगोलमा सबै खेती गर्न सकिने रहेछ ।”

उहाँले अम्लिसो, अदुवा पनि झण्डै १०० रोपनीमा लगाउनुभएको छ । भन्नुहुन्छ, “राज्यले सडक, सञ्चार र सुरक्षाको प्रत्याभूति गर्ने हो भने सिंहदेवी मोरङको मात्र होइन, नेपाल कै नमूना कृषि उद्यमको गाउँ बन्न सक्छ ।”

त्यसो त कृषि व्यवसायमा लगाएको राईको प्रारम्भिक पूँजी स्वदेशमा कमाएको होइन । ११ वर्ष ओमानमा पसिना बगाएर कमाएको सिरिखुरी सबै सम्पत्ति उहाँले कृषि कर्ममा लगाउनु भएको हो ।

वि.सं.२०७४ पुस २५ मंगलवार ०४:५६ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...