Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्षात्मक शैलीमा जाने विषयमा बहस भैरहेको छ – खाँड



२६ पुस, काठमाडौँ  : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले नेपाली काँग्रेस अहिले सामूहिक नेतृत्वमा अघि बढिरहेको, बिपी र कृष्णप्रसाद भट्टराईको पालामा जस्तो अध्यक्षात्मक शैलीमा जाने भन्ने विषयमा नेपाली काँग्रेसभित्र गम्भीर बहस भइरहेको बताउनुभयो ।

रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सो अवसरमा उहाँले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताउनुभएको छ । उहाँले भन्नुभयो – राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ ।

संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसद्मा रहेका राजनीतिक दलले आफ्नो तर्फबाट एक तिहाइ महिला निर्वाचित गरेर पठाउने काम बाँकी रहेको र २७५ सदस्यीय सांसदले पूर्णता पाइसकेको अवस्था नरहेको खाँडले बताउनुभयो ।

प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको र अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधानसम्मत हुने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै महासमितिको बैठक तथा पार्टीभित्रको मतमतान्तरका बारेमा पनि नेता र कार्यकर्ताबीच छलफल चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।

अर्को प्रसंगमा डा गोविन्द केसीले उठाएको मुद्दा महत्वपूर्ण रहेको तर आफूहरुको सर्वोच्च अदालतको निर्णयप्रति पनि सम्मान रहेको खाँडले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्