Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

त्रिभुवन आर्मी क्लबलाई पराजित



काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद(राखेप) च्याम्पियनसिपअन्तर्गत सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलको सुपर लिग खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

आर्मीकी कप्तान कृष्णा खत्रीले खेलको पहिलो हाफको १७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको आर्मीको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफमा एपिएफले दुई गोल फर्कायो । खेलको ५०औँ मिनेटमा एपिएफकी अनिता केसीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

त्यस्तै खेलको ८२औँ मिनेटमा अनिता बस्नेतले थप एक गोल गरेपछि एपिएफको जित सुनिश्चित हुनपुग्यो ।

सुपर लिगमा एपिएफको लगातार यो दोस्रो जित हो भने आर्मीको पहिलो हार हो । एपिएफले यसअघि सुपर लिगमा सुदूर पश्चिमाञ्चलाई पराजित गरेको थियो । त्यस्तै आर्मीले पुलिसलाई हराएको थियो ।

त्यस्तै सोही मैदानमा मंगलबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्