२६ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको ढाँचा बनाउन सुरु गरेको छ । आगामी २४माघमा तय भएको राष्ट्रियसभा निर्वाचनमा आयोगले आठ प्रकारका मतपत्रको ढाँचा बनाउन थालेको हो ।
म्तपत्रको रङ निर्धारण, उम्मेदवारको निर्वाचन चिह्न, मत संकेत गर्ने कोठालगायत मतपत्रको ढाँचा तयार पोर्न काम भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
राष्ट्रियसभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट चार समुह गरी आठ जना सदस्य निर्वाचित हुने संबैधानिक व्यवस्था छ । एउटा प्रदेशबाट निर्वाचित हुने आठजना सदस्यमध्ये तीनजना महिला, एकजना दलित, एकजना अपांग भएको व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने छ । बाँकी तीनजना सदस्य खुला सदस्यको रुपमा र्निाचित हुने व्यवस्था छ । आजको राजधानी दैनिकबाट
वि.सं.२०७४ पुस २६ बुधवार ०५:११ मा प्रकाशित





























