back
CTIZAN AD

सर्वोच्च अदालत विचार गर !

वि.सं.२०७४ पुस २६ बुधवार

921 

shares

नेपाली राजनीति त्यसमा पनि प्रशासनले समय–समयमा कुनै अदृश्य चक्रव्युहमा फसेर नेपालप्रति विश्वमा भएका नेपालीहरूको विश्वास र आस्थामा कुठाराघात हुने घटना परिघटनाहरू बाक्लै हुने गरेका छन् । नेपाल र डायसपोरामा रहेको नेपाली जातिको भाग्यमा अभिसाप हुने यस्ता कुकर्महरू प्रशासन कब्जामा राख्ने देशी विदेशी छद्मभेषी शक्तिहरूले गर्ने गरेको सबैलाई थाहा भएकै छ । तथापि पनि यथेष्ट प्रमाण नभएकोले कसैलाई किटाण जाहेरी गर्ने हिम्मत हुन्न । यो देशमा ठूला ठूला काण्डहरू प्रमाण हस्तक्षेप गरिकन घट्छन् र गुमनाम सेलाउँछन् । कहिलेसम्म यस्तो हुन्छ ?

सत्ता सञ्चालन गर्नेहरू राजनीतिक रवैयामा सस्तो बिकाउ हुने प्रजातन्त्र अब नेपालमा पनि नयाँ रहेन । अर्कातिर कानुनका पहरेदारहरू नै कानुनका उपाहासक हुने गरेरका काण्डहरू पनि नयाँ लाग्न छाडे । डा. गोविन्द केसीको पछिल्लो गिरफ्तार यसैको पुष्टि हो । नेपालमा बाँचेर विश्वसमुदायको नेतृत्व गर्न सक्ने सामथ्र्य भएका विज्ञहरूलाई यस देशको राजनीतिले गलत दिशानिर्देश गरेको हामीलाई बन्दै स्वीकार्य छैन । राजनीति फेल भएकोमा गुनासो छैन । तर, हाम्रो सभ्यता खुम्चिएकोमा र देश अधोगतिमा धकेलिएकोमा हामी हाम्रा छातिभरि ज्वालामुखी उमार्न तयार छौं । आजको दैनिकी कविता प्रकाशनमा हामीले राजनीतिक दाउपेचको सिकारमा समातिएका चिकित्सा न्याय योद्धा डा. गोविन्द केसीका पक्षमा ऐक्यबद्धता जाहेर गर्न डाक्टर केसी विशेष साहित्य बाटिका प्रकाशन गरेका छौं ।

सर्वोच्च अदालत विचार गर ! नेपाललाई न्याय गर
राजनीति हाम्रालागि खेर गयो कसैको पनि छैन भर
कानुन भन्दामाथि न्याय न्यायमाथि नै अन्याय नगर
न्यायपालिका नै न्याय डस्छ भने कस्को मान्नु भर ?

न्यायका पक्षमा ऐक्यबद्धता जनाउँदै शार्वजनिक सरोकारमा सहभागी हुनु प्रजातन्त्रको उच्चतम अभ्यास हो र जनताको सर्वोपरी दायित्व हो ।

पुरानाघरे,
साहित्य संयोजक
ऐक्यबद्धता मासिक
संसार न्यूज डटकम

डा. केसीको ऐक्यबद्धतामा गर्जिएका साहित्य आवाजहरू

वि.सं.२०७४ पुस २६ बुधवार ०७:५९ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...