back
CTIZAN AD

डाक्टर केसीको अभियानमा अमेरिकाबाट ऐक्बद्धता

वि.सं.२०७४ पुस २६ बुधवार

864 

shares

प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐक्बद्धता जनाएको छ ।
अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक बिज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।

फाउण्डेशनले जारी गरेको बिज्ञप्तिका अनुसार अदालतप्रति आफूहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भए पनि जब कोहि ब्यक्तिले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उसप्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको समेत जनाइएको छ ।

भष्ट्राचार गर्ने या भ्रष्ट्राचारीलाई सहयोग गर्न खोज्ने ब्यक्ति कसैको पनि नहुने मान्यता बोकेर अगाडि बढेको संस्थाले न्यायालय वा प्रशासनिक क्षेत्र जँहा भए पनि नागरिकले खबरदारी गर्दैमा आत्तिएर उसलाई थुन्न खोज्नु भन्दा पनि जनहितका लागि काम गर्ने हुनु पर्ने जनाइएको छ ।
नेपालमा लाखौं मुद्धाहरु लाईनमा भएको बेला गोबिन्द केसीको मुद्धा भने नाटकिय रुपमा अगाडि बढाईएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।

फाउण्डेशनले नेपालको भष्ट्राचार अन्त्यका लागि हरेक बर्ष भष्ट्राचार बिरुद्ध उत्कृष्ट कलम चलाउने पत्रकार, साहित्यकार र राष्ट्रसेवकहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको छ ।

फाउण्डेशनले भष्ट्राचार बिरुद्ध अभियानका लागि गितहरु समेत निकाल्दै आएको छ ।

वि.सं.२०७४ पुस २६ बुधवार ०८:४८ मा प्रकाशित