back
CTIZAN AD

निसासिएर दुई बालिकाको मृत्यु

वि.सं.२०७४ पुस २६ बुधवार

801 

shares

२६ पुस, इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ ।

अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पु¥याएका थिए । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

यसैगरी इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरीे जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ ।

अत्यधिक जाडो कारण आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ पुस २६ बुधवार १०:४९ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...