back
CTIZAN AD

फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

वि.सं.२०७४ पुस २६ बुधवार

852 

shares

२६ पुस, त्रिशूली(नुवाकोट)  (रासस) : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी आज नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो । अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ÷छ महिना कैदको सजाय तोकेको थियो । अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ ।

वि.सं.२०७४ पुस २६ बुधवार १३:४७ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ । दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत...